1. कविता :- "क्रान्ति कारी नदि "
कविता :- "क्रान्ति कारी नदि "****************************
तर पनि
नदीको काम बग्नु हो
बगिरहन्छ एउटा नदी
कर्तव्यनिष्ठ एउटा बिद्रोही झैं
आफ्नो अनन्त यात्रामा
गतिपूर्ण आवेगलाई विश्राम दिन
समुद्री आमाको
प्यारो काख नभेटिंदा सम्म ।||
चट्टान सग ठोकिनु को पीडा
बालुवा र किनारा मा
आफ्ना सहयात्री छाल हरु लाई गुमाउदा
रातो हात हल्लाउदै
निलो रंग को प्रेमिल मा रमाउदा
गेरु बस्त्र ले अस्ताउदै गरेको
सुर्य को किरण लाई प्रतिबिम्बित बनाएर
बगिरहेकी नदि भित्र का थोपा हरु
एउटै अभिलाशा छ
सागर भेट्नु
गन्तव्य मा पुग्नु
र अरबौ थोपाको गुन्जाएस सुनाउन
ज्वारभाटा बन्न का लागि
सघर्श पछि
झन ठुला ठुला क्रान्ती गर्न
कुदिरहेछ एक नदि
आफ्नै बेग मा
17, March, 2017
***********************