"बिशेष गरि कक्षा ९, १० , ११, १२, डिप्लोमा इन कम्प्युटर इन्जिनिरिंग र ब्याचलर आइ सी टि का विभिन्न सेमेस्टर हरु को लागि बनाइएको हो। " - Upendra
Monday, September 23, 2024
कबिता :- दलाल लाइ हतियार् बनाउन् मन् छ ।
मिति :- २०७७०६०६ समय :- रात् को १२:१५
__________________________________________________
कहिले काहि
मैदान र हतियार आफ्नै हुदा पनि
हार्नु पर्दो रहेछ जिन्दगि मा ।2
जिन्दगि को अन्तिम लक्ष्य
खोजि रहदा
आफ्नै भित्र को दुश्मन् भन्दा
दुश्मन् भित्र को दुशमनि
लाभदायिक् हुदो रहेछ ।।
त्यसैले आफ्नै ले चिनाएको दुशमन् र
दुशमन् ले चिनाएको बुद्दि ले
म बाच्ने कोशिस् गरिरहेको छु ।।।
दन्किएर् निभेको क्रान्ति मा
म फेरि तेल् छर्न सकु
या त
ति नवसामन्ति का अल्गोरिदम् बनाएर्
बसेका लजिकल् माइन्डेड् हरु को
जिन्दगिमा
क्रान्ति को आगो झोस्न सकु ।।।।
या त
पुजिका दासहरु, ति दलालका
काध माथि बन्दुक्, राखेर् समाज् को
बिकृति माथि पड्काउन् मन् छ
डियर् कम्रेड् को झल्को दिने गरि
ति बस्ति हरुमा ।।।।।
Friday, May 10, 2024
शिक्षक
शिक्षक
सामान्यतया शिक्षकलाइ राष्ट्रिय पाठयक्रम प्रारूप २०६३ का अनुसार “ शिक्षक सूचना प्रवाहकर्ता, प्र्वार्धनाकर्ता, बिद्यार्थीसंग सहकार्य गरि सिक्ने र सिकाइ संस्कृतिको खुल्ला वातावरण सिर्जना गर्ने व्यक्ति हो | या आधारभूत शिक्षा पाठयक्रम २०६९ का अनुसार सिकाइ सहजिकरण प्रक्रियाको सहजकर्ता, उत्प्रेक र खोजकर्ता हो | या शिक्षा एन २०२८, ले भने जस्तै शिक्षक विद्यालयको अध्यापक हो |”
नेपालको राज्यब्यबस्थापक को बुझाइ यो भन्दा गहिरो हुन् सक्दैन | यहा शिक्षा क्षेत्र को लगानी कुल लगानी को 16 % भन्दा बढी हुन्छ | तर प्रतिफल सधै ३-४ प्रतिशत मा सिमित हुन्छ | यसो हुनु मा शिक्षक दोसी र शिक्षक कै गल्ति देखाइन्छ | बर्तमान शिक्षा मन्त्रि देखि लगाएत शिक्षा क्षेत्र का सरोकार व्यक्ति र देश को कानुन मै शिक्षक लाइ सिर्फ अध्यापक भन्ने मात्र बुझाइ राखिन्छ | अनि कहा बाट बदलाप आउछ | के शिक्षक मात्र दोषी हो त ?
शिक्षक लाइ गुरु को दर्जा जबसम्म दिईदैनन् र कानुन ले सम्मान गर्दैन तब सम्म कुनै परिवर्तन हुन्छ भन्ने कुरा को ग्यारेन्टी हुदैन | नेपालि ले नदेखेको एउटा सत्य के हो भने समाज शिक्षक बिना बदलिन्छ भन्नु र शिक्षक को सहभागिता बिना सस्कार बसाल्न सकिन्छ भन्नु अति नै मुर्खापन हो |
देश का बलिया खम्बा युवा हरु नै हो तर युवा भित्रको सस्कार, सोच र बानि को बिकास शिक्षक बाट नै हुने गर्दछ | नेपालको कानुन र सरकार ले शिक्षक लाइ सबै भन्दा तल्लो स्तर को मुल्याकन गरेको पाइन्छ | राज्य ले नै उपेक्षा गरेको पेशा शिक्षक बनेको छ |
एउटा शिक्षक ले आफ्नो जिबन काल मा अध्यापन गरिरहदा धेरै बिध्यार्थी हरु लाइ शिक्षण गरिसकेको हुन्छ | ति बिध्यार्थी हरु कोहि निजामति कर्मचारी, आर्मी, प्रहरी, डाक्टर, इन्जिनियर , नेता मन्त्रि, रास्ट्रपति सम्म हुने ब्यबस्था छ | तर शिक्षक त्यहि एकै स्थान मा रहेर शिक्षण गरिरहेको छ | जति सुकै टाढा बगेर गए पनि हिमनदी को मुहान हिमकुण्ड नै हो | हिमाल नै हो | त्यसै ले गुरु को चेला संसार जिते पनि चेला चेला नै हो | यदि कोहि बिद्यार्थी कुनै देश को रास्ट्रपति नै भए पनि आफुलाई अध्यापन गरेको गुरु को चेला चेला नै हो | त्यो रास्ट्रपति सम्म पुगेको व्यक्ति ले आफ्नो गुरु देखे पछी रोकिनु पर्छ | झुक्नु पर्छ | आदर गर्नु पर्छ | बाटो छोडिदिनु पर्छ | गुरु लाइ सम्मान गरि राख्नु पर्छ | जब गुरु लाइ सम्मान गरिदैन | मान मर्यादा राखिदैन भने त्यो समाज पतित, भ्रष्ट्र, बिनाश र सर्वस्व गुम्दै गरेको समाज बन्छ | विश्वका कैयौ देश हरु को बिनास जुन सुकै कारण भएता पनि वास्तविक कोर कुरा शिक्षक प्रति को असम्मान , अपहेलना र तिरस्कार नै हो | जुन देश को कानुन र सरकार ले शिक्षक को अपमान गरेको छ त्यो देश मा कुसस्कार, अयोग्य नागरिक निर्माण हुने गर्दछन |
शिक्षा मंत्री लगाएत केहि विद्वान हरु को भनाइ छ | शिक्षक ले राजनीति गरे कारबाही गर्नु पर्छ | यस बिषय ले खुब चर्चा पाएको छ | वास्तविक सत्य त्यहि हो त ? शिक्षक ले राजनीतिक गर्न छोडे देखि लुट भ्रष्ट्र फटाहा खराब दलाल हरु को हातमा देशको राजनीति पुगेको छ | जसको कारण देशमा असल नेता नेता नभएर दलालहरु भएका छन् | ति दलालले बनाएको कानुन, ति दलालले सिकाएको बाटो, आदर्श कर्मचारी लाइ पनि दलालीकरण गरि भ्रष्ट्र बनाइ सकेको इतिहास साची छ | आदर्श शिक्षक ले शिक्षण छोडेर गरेको राजनीति मा कति आदर्श लुकेको देखिन्थ्यो | यदि देश सुधार गर्ने हो भने निम्न काम गर्न जरुरि छ :
क) देश को राजनीति पद धारण गर्न अनिवार्य सामुदायिक बिद्यालय मा १० बर्ष वा निजि बिद्यालय मा १५ बर्ष शिक्षण गरेको व्यक्ति मात्र प्रत्येक्ष जनप्रतिनिधि वा मंत्री हुने ब्यबस्था गरिनु पर्छ | वा कुनै पनि सामाजिक कार्य मा २० वर्ष कार्य अनुभव गरेको व्यक्ति हुनु पर्छ |
ख) शिक्षक अर्थात गुरुले आफ्ना बिध्यार्थीहरुले बयस्क भएर सार्बजनिक पद धारण गरि कुनै गल्ति गरेको भए एक झापड हान्न, सम्झाउन सम्म पाउनु पर्ने र हरेक गल्ति पछी को सजाय भोगीसके पछी गुरुको कन्फरमेशन पत्र शिक्षकबाट लिनु पर्ने अदालत मा पेश गर्नु पर्ने ब्यबस्था गरिनु पर्ने |
ग) देशको सार्बजनिक पद धारण गरेको व्यक्तिले प्राप्त गर्ने कुनै पनि पुरुस्कार वा सम्मान चाहि सो व्यक्ति ले चाहेको शिक्षक अर्थात गुरु बाट नै ग्रहण गरिनु पर्ने |
घ) शिक्षक वा गुरुको लागि उच्च सम्मान गर्दै हरेक ठाउ मा पहिलो दर्जा दिईनुपर्ने |
ङ) हेल्थ वर्कर को एच(H) भएको लोगो जस्तै शिक्षकहरु को लागि टि (T) लोगो अनिवार्य हुनु पर्ने |
च) शिक्षकलाइ राज्यले यातायात र आवास को ब्यबस्था बिद्यालय हाता भित्र नै गरिदिनु पर्ने |
शिक्षक मानव सभ्यता को मानव निर्माण गर्ने व्यक्ति हुन् | एक देश का युवा ले के बन्ने र कुन बिषय मा केन्द्रीत गर्ने भन्ने कुरा शिक्षक लाइ निर्देशित गर्न दिइयो भने केहि वर्ष मै त्यो देश का युवा त्यहि बिषय मा केन्द्रीत हुन्छन | राजनीति नै सबथोक भन्ने हरुले शिक्षक लाइ एक भएर देश को मूल उद्हेश्य लाइ केन्द्रित् गरि शिक्षण गर्न भन्नु पर्छ | जोन एडम्स ले शिक्षक भनेको मानवको निर्माता मानेका छन् | त्यसै गरि वाइल्ड ले शिक्षक भनेको बच्चा लाइ खुशी राख्ने व्यक्ति भनेका छन् | यदि बालक असन्तुष्ट छ वा भविष्यमा बेखुशी छ भने शिक्षक वा गुरु को सरहण को कमि भएको भन्ने बुझ्नु पर्छ |
त्यस्तै रुसो ले बिध्यर्थिको पन्ना पन्ना पढ्ने व्यक्तिको रुपमा हेरेका छन् | दार्शनिक प्लेटो का अनुसार शिक्षक ले बिध्यर्थिको प्रकृति थाहा पाउने व्यक्ति भनेको छन् | नेपाल मा केहि नीति निर्माता प्रकृतिवादी चिन्तन बाट गुज्रेको हुदा शिक्षक लाइ यति संकुचित, साघुरिएको र हेपिएको पद बाट हेरिएको छ | बर्तमान शिक्षा मन्त्रि देखि लिएर केहि विद्वान को सोच त्यहि प्रकृतिवादी सोच कै उपज हो | शिक्षक प्रक्रितिवादिले भनेको जस्तो एउटा अध्यापक र अवलोकन कर्ता मात्र नभएर देश कै प्राकृतिक सरचाना निर्माण गर्ने आधार हो भन्ने बुझन पर्छ |
बिकास को अभाव मा बाचेका हामि जस्ता देश हरु ले शिक्षक लाइ साघुरो तरिकाले बुझ्नु अत्यन्तै ठुलो भुल हो |
जोहन डिवे ले शिक्षक लाइ बालबालिकालाई जीवन को जटिल क्षणमा निर्देशन दिने व्यक्ति को रुपमा हेरेका छन | उनका अनुसार “शिक्षक एउटा असल मित्र हो , शिक्षक एक दार्शनिक हो र एक पथापर्दशक हो | शिक्षक शिक्षाको त्रिपक्षीय प्रक्रिया शिक्षक, बिध्यार्थी र सामाजिक वातावरण को एक ससक्त पक्ष हो | त्यसो त मा जन्म देखि क्रोर्को हुदै चिहान सम्म हुने सिकाइमा मदत गर्ने, आफु भित्रको मान्छे चिनाउने व्यक्ति नै गुरु अर्थात शिक्षक हुन् |
आजभोली धेरै ठाउमा लेखिएको देखिन्छ “शिक्षक उड्यो भने बिध्यार्थी दौडिन्छ | शिक्षक दौडियो भने बिध्यार्थी हिड्छ | शिक्षक हिड्यो भने बिध्यार्थी बस्छ | शिक्षक बस्यो भने बिध्यार्थी सुत्छ | शिक्षक सुत्यो भने बिध्यार्थी मर्छ |” त्यसैले शिक्षक सधै उड्नु पर्छ किन कि बिध्यार्थी दौडिन्छ | र दौडिएका बिध्यार्थी बाट देश बन्छ | शिक्षक लाइ उदाउने वातावरण राज्य बाट गरिनु पर्छ | विभिन्न शास्त्र मा भनिएको हुन्छ | संस्कृत श्लोक मा
“गुरुर्ब्रह्मा गुरुर्बिष्णु: गुरुर्देवो महेश्वर: |
गुरु:साक्षात पंर ब्रम्ह तस्मै श्री गुरवे नम: ||”
Monday, February 12, 2024
शिर्षक :- कस्ले चिन्दछ कर्णालि
********-******************
हाम्रा किताब ले,
कर्णालि चिन्दैन |
हाम्रा पाठयक्रम ले,
कर्णालि भन्दा बाहिर को परिकल्पना गर्छ ।
देश भन्दा बाहिर को सपना देखाउछ ।
हाम्रा मार्ग दर्शक गुरु हरु
सामाजिक तत्वहरुको चेपुवा मा परेका छन
अनि उनिहरु ले युरोप अमेरिका को
बिधि र उदारहणलाइ
कर्णालिका सपना सग जोडेर पढाउन सक्दैनन
केबल अमेरिका र युरोप कै सपना पढाइदिन्छन
देखाउने र देख्ने ले उतै औला तेर्साए पछि
के कर्णाली बन्छ त!
के कर्णालि को सपना साकार हुन्छ त?
त्यसैले
कसैले नचिनेको र चिनाउन नसकेको
यो कर्णालि लाइ
यि कलम चलाउने र शब्द गन्नेहरु ले
अब चिनाउनु पर्छ र सपना देखाउनु पर्छ ।
2080-10-25
2:27pm
-Upendra
Wednesday, December 13, 2023
सुचना प्रबिधि मा डिजिटल डिभाइड किन बढिरहेको छ ?
यो डिजिटल डिभाइड भनेको के हो ?
डिजीटल डिभाइडले वर्गीय विभेद भन्दा पनि ठुलो विभेद सिर्जना गर्दै छ ।
सुचना संचार र प्रविधिको विकास संसार भरी भए झै नेपालमा पनि विकास हुदै गईरहेको अवस्थामा जुन रुपमा विकासको गति हुने पर्ने हो । त्यो गति हुन नसको जसको कारण संसारकै देशहरुको विचमा नेपाल को स्थान १६७ औं स्थानमा रहेको छ । तर दक्षिण एशियाको तुलनामा बङ्गलादेश भन्दा अगाडि भारत भन्दा पछाडि रहेको छ । अब हिजोको भन्दा थोरै बढि योजना बनाएर लान सक्ने हो भने नेपालले सुचना संचार तथा प्रविधीको विकासमा धेरै प्रगति गर्न सक्ने बिशषेज्ञहरुको धारणा छ । नेपाली समाज र केहि साक्षर मानिसहरुको आम बुझाई सुचना संचार र प्रविधिको विकास सिर्फ कम्प्युटर शिक्षा मात्र हो भन्ने आम धारण छ । नेपालको सुचना संचार तथा प्रविधीको विकासको लागि बनेका केहि उल्लेखनिय प्रगतिहरु पनि छन । ति प्रगतिको जानकारी सबै नागरिकमा हुनु पर्ने र सुचना संचार तथा प्रविधिमा भविष्य देखेर यस क्षेत्रको विकासमा क्रियाशिल व्यक्तिहरुको प्रेरणाले चाडै एउटा उल्लेखनिय प्रगति गर्ने छ ।
आम जनताको जीवन स्तर र देशको आर्थिक विकास बृद्धि गर्न नेपालमा सुचना संचार तथा प्रविधीको विकास हुन आवश्क छ । अधिकाश मानिसले साक्षरता भनेको सामान्य लेखपढ, अंक चिन्ने मात्र भन्ने बुझाइ छ तर यो मात्र बुझाई ले साक्षरताको अर्थ अपुरो हुन जान्छ त्यसैले साक्षरता भनेको लेखपढ, अंक चिन्न सक्नुको साथै डिजिटल प्रविधिको प्रयोग गरी दैनिक जिवनमा सहज बनाउनु नै साक्षरता हो । साक्षरताले साक्षर जनशक्तिको निर्माण गर्नु हो । त्यसैले आजको स्थितीलाई हेर्दा निरक्षरताले देश विकासमा असहयोग गरेको भन्दा पनि साक्षरता भएका जनशक्ति भित्र देखिएको डिजिटल डिभाइडले ल्याएको अन्तरको कारणले गर्दा हो । जस्तै उदारहणको रुपमा भन्नु पर्दा केहि दशक अगाडि मास्टर डिग्री गरेका शिक्षित वर्गहरु आज ई–मेल इन्टरनेट प्रयोग गर्न नजानेको र सानो कक्षाको भाइ बहिनीहरुले सजिलै ई–मेल इन्टरनेट प्रयोग गर्न जानेको अवश्थामा जुन साक्षर व्यक्ति व्यक्ति विचको अन्तर झन झन बढ्दै जानु ले केही वर्षमै एउटा ठुलो विभेद सिर्जना गर्ने निश्चित छ । मानव समुदाय भित्र जसरी आर्थिक, राजनैतिक , सास्कृतीक र वर्गीय विभिदको चर्चा गरेको हामी देख्छौ । अब केहि वर्ष भित्र नेपालले सुचना संचार तथा प्रविधीको विकास गर्न तर्फ जोड गरेन भने विश्वको विकसित देशहरु र नेपाल विच यस्तो भयाभय विभेद श्रृजना हुनेछ जुन नेपाल र नेपालीहरुको दुरदशा सुरु हुने छ । त्यसैले आज अन्र्तराष्ट्रिय जगतमा श्रृजना हुन लागेको डिजिटल डिभाइड कम गर्न सबै सुचना संचार तथा प्रविधीमा सक्रिय तथा निष्क्रय रुपमा संलग्न हुनु हुने व्यक्ति, संस्था, समुदाय, राष्ट्र र नीति निर्माण कर्ता आदि को महत्वपुर्ण भूमिका रहोस । भनिन्छ, आफुले जानेको प्रविधिको ज्ञान जति बाढ्यो उति आफ्नो महत्व बढ्छ । त्यसैले प्रविधी नजानेकोले जान्न कोशिस गरौ, जानेकाले नजान्नेलाई सिकाउ, सिकेकाले झन अपडेट भएर अन्र्तराष्ट्रय सुचनालाई सिक्ने कोशिस गरौ । अलि दुखको कुरो सुर्खेत जस्तो राजनैतिक स्वतन्त्रताले अग्रगति लिएको ठाउमा आज सुचना संचार तथा प्रविधीको विकासको लागि सुचना संचार तथा प्रविधी अध्ययन, अध्याापन गरेका व्यक्तिहरु संगठित नहुनु अलि दुर्भाग्य नै भन्नु पर्दछ तर अब संगठित भएर देश विदेशका लागि सुचना संचार तथा प्रविधीका दक्ष जनसक्ति उत्पादन गर्न र देखिएको डिजीटल डिभाइडलाई कम गर्न आजको आवश्यकता छ । डिजीटल डिभाइड कम गर्नाले के फाइदा हुन्छ भनेर भन्नुपर्दा एउटा शिक्षकलाई कसरी शिक्षण गर्दा सुचना संचार तथा प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ भने डाक्टरले कसरी प्राथामिक उपचारको लागि वेबसाइटहरुको नाम दिएर त्यहा भएको जानकारी लिन जनतालाई सुचित गर्न सक्छ, व्यापारीले आफ्नो व्यापारको जानकारी वेबसाइट बनाएर राख्न सक्छ र एउटा आम मानिसलाई त झन आवश्यक छ जस्तो कि बैंक स्टेटमेन्टको लागि ई–बैंकिङ् , मोबाइल ब्यालेन्स रिचार्जको लागि टपअप, अनलाइन रिचार्ज, अनलाइन सपिङ, र अन्य क्षेत्रहरु बस, हवाई , मुभि र होटेल आदिको बुकिङ समेत घरमै बसेर अनलाइन मार्फत लिन सकिने हुन्छ । त्यसैले आजको आवश्यकता साक्षर व्यक्तिहरुलाई सुचना संचार तथा प्रविधिको जानकारी हुन आवश्यक देखिन्छ ।
सुचना संचार तथा प्रविधिलाई हामि दुइ तवरले लिन सक्छौ जस्तो सुचना संचार तथा प्रविधिको अध्ययन गरी यसैबाट हुने विभिन्न क्षेत्रहरु जस्तै वेबसाइट, एप्सहरु, डेस्कटप एपलिकेशन प्रोग्राम, गेमहरु, भिडियो अडियो र हार्डवयरमा आधारीत प्रविधीको निमार्ण गर्ने एउटा पाटो हो भने अर्काे पाटो भनेको डेभलोपर, प्रोग्रामर, डिजाइनर, इन्जिनीयर आदिले निमार्ण गरेको प्रविधिलाइ प्रयोग गर्न जान्ने वा चलाउन सक्ने हुनु हो ।त्यसैले हामिले जान्नै पर्ने कुरो सुचना संचार तथा प्रविधीको ज्ञान एउटा असल शिक्षक, असल डाक्टर,व्यापारी, कर्मचारी, विद्यार्थी, नेता, प्रहरी, सेना र आम नागरिकलाई छ । त्यसैले यो सुचना संचार तथा प्रविधीको विकासमा सम्पुर्ण पक्षको ध्यान जान जरुरी देखिन्छ ।
Wednesday, March 22, 2023
राजनीति : लेखहरु
बिश्लेशानात्मक लेख : बर्तमान राज्यब्यबस्था
Time:12:00 AM Date:2080/08/05 by Upendra
जिन्दगिका आधा वर्षहरु पुरा हुदै गर्दा मलाइ मेरो देश को राज्यब्यबस्था माथि निकै त्रुटी रहेका छन् |र धेरै सुधारका पक्षहरु पनि अधुरा रहेको देख्न पुगे | समग्र यस ब्यबस्थामा भएका त्रुटीले निकट भबिष्यमा धेरै ठुला असरहरु देखा पर्ने छन् | हुन् त नेपालिले अशिक्षा र गरिब जिबनमा आफ्ना पुस्ताहरु आएको भोगेको अनुभव छ | यसरि आएका नेपालिहरुले कहिल्यै पनि सुख भोगको लागि आतुर हुन् खोज्ने छैनन् | नजन्मु थियो जन्मिहाल्यौ , अब जन्मे पछी पुर्खा धान्न बिहेबारी गरि सन्तान जन्माउनै पर्यो | अनि जेनेतेने गरि नमर्दा सम्म बाच्नु पर्यो | यदि मरिहाले जिन्दगि नै सकियो नत्र दुइ छाक जोह गरि काम गर्यो खायो सुत्यो र उठ्यो जस्ता क्रियाकलाप मा जिबन चलाइरहेका छौ |यस्तै भन्दै अधिकांश नेपालि को जिबन सकिएको पत्तै हुदैन | किन जनेमको ?
किन हुर्केको ?
किन मर्ने ?
म को हु ?
मैले किन गर्नु परेको होला?
मैले मात्र गर्नु पर्ने किन ?
यस्ता प्रश्नहरु सधै खोजि गरिनु पर्छ | एक अर्थ मा नेपालिको जिन्दगि धेरै साधारण र सरल छ | तर यस्तै जिन्दगि पुस्ताहरु ले बेतित गर्दा विश्व मानव सूचांकमा हाम्रो स्तर सबै भन्दा कम्जोर छ |
अबको समय बिज्ञान र युग सापेक्ष शिक्षा र सिपको बिकासले समाजमा आफ्नो अस्तित्व बचाउन सकिने र आवश्यकता पनि हो | नेपालको शिक्षा र सिप बिकासमा राज्यको मात्र ध्यान पुगेको त्यति देखिदैन | यस्तो अवस्थामा देश भित्रका प्रत्येक नागरिक हरु ले आफ्नो हातमा सिप र दिमाग मा प्रबिधि को ग्यान बोकेर हिड्नु पर्ने हुन्छ | नेपाल जस्तो बिकासन्मुख देशका प्रत्येक नागरिक ले आफ्नो जिबन यापन गरि शान्ति र बिकास भएका देश मा दक्ष कामदार भएर काम गर्न सक्ने जनशक्ति मात्र निर्माण गर्न सकियो भने पनि देश को अर्थ तन्त्र बलियो हुनेछ | बैदेशिक लगानी भित्राउने बातावरण सिर्जना गर्न नसकको बेला दक्ष जनसक्ति उत्पादन गर्नु आज को अपरिहार्य रहेको छ | कामदार लाइ दक्ष बनाइ शान्ति र बिकसित देश मा बैदेशिक रोजगार मा पठाउन सक्यो भने रेमिटान्स भित्रिन्छ | नेपाल भित्र उत्पादन गरेर विश्व बजारमा लैजान सक्ने कुनै योजना र नीति नभएको ले देश को अर्थतन्त्र बिग्रिरहेको छ | हालसालै भैरहेका भ्रस्त्रचार हरु लाइ कडा भन्दा कडा कारबाही गर्न सकिएन भने देश टाट पल्टिने अवस्थामा छ | यस्तो हालत मा पुर्याउनु मा जनता देखि नेता घुशिया हुनु प्रमुख कारण हो |
गणतन्त्र को भद्दा मजाक नेपाल मा प्रयोग भैरहेको छ | शासन ब्यबस्थामा कानुन को राज चलेन र व्यक्ति को शासन चल्यो भने कानुन को उपहास र मजाक बनेको हुन्छ | नेपाल को शासन मा बसेका व्यक्ति हरु ले सधै कानुन लाइ मजाक बनाइरहेका छन् | हाम्रो घर भित्र को संचालन बिधि देखि लिएर देश को साशक हरु को शैली उस्तै छ | घर जस्तो शैली मा देश चलाउन खोजेको देखिरहेका छौ |
हामि कानुन जान्दैनौ
हामि कानुन मान्दैनौ
मेरो शक्ति को घेरा भित्र
देश को कानुन हुनु पर्छ
मेरो परिवार को इच्छा भित्र
देशका स्रोत सामग्री प्रयोग हुनु पर्छ
जस्तो तानाशाही, शोषकको प्रवृतिको शासक देश मा जन्मिरहेको आभास हुन्छ | ब्यबस्था बदले पनि शाशक मा देश बनाउने र सुखी जनता बनाउने सोच नभए सम्म जस्तो सुकै कानुन बनाए पनि देश बदलिने रहेनछ भन्ने कुरा यो १०० बर्षको अवश्थाले प्रस्ट देखाउछ | नेपालि प्रायोगशाला राखिको भ्यागुता जस्ता भए जो आए पनि चिरेर अध्ययन सकेर जान्छन | त्यस्तै नेपालमा जस्तो ब्यबस्था र नेता आए पनि नेपालि लाइ दोहन् गर्ने मात्र आएका छन |
Wednesday, April 18, 2012
Personal Information
Name :- Upendra Malla
Address :- Birendranagar-,Surkhet
Phone no. :- 9858077977
Email :- mallaupendra@gmail.com
We are here! Gist Technology Pvt.Ltd.
RECENTLY
-
महत्वपुर्ण सत्य र तथ्य को दर्पण गराउने लेख, रचना र बिश्लेषण || बिश्लेशानात्मक लेख : बर्तमान राज्यब्यबस्था Time:12:00 AM Date:2080/0...
-
महत्वपुर्ण सत्य र तथ्य को दर्पण गराउने लेख, रचना र बिश्लेषण || यो डिजिटल डिभाइड भनेको के हो ? डिजीटल डिभाइडले वर्गीय विभेद भन्दा पनि ठु...
-
Name :- Upendra Malla Address :- Birendranagar-,Surkhet Phone no. :- 9858077977 Email :- mallaupendra@gmail.com
-
शिक्षक शिक्षक अर्थात गुरु शब्द आफै मा कति पवित्र छ |कति आदर योग्य शब्द छ| गुरु हाम्रो जिबन को त्रेस्रो भगवान का रुप मा चिन्दछौ | गुरु जस...
-
शिर्षक :- कस्ले चिन्दछ कर्णालि ********-****************** हाम्रा किताब ले, कर्णालि चिन्दैन | हाम्रा पाठयक्रम ले, कर्णालि भन्दा बाहिर ...