"बिशेष गरि कक्षा ९, १० , ११, १२, डिप्लोमा इन कम्प्युटर इन्जिनिरिंग र ब्याचलर आइ सी टि का विभिन्न सेमेस्टर हरु को लागि बनाइएको हो। " - Upendra
Monday, February 12, 2024
शिर्षक :- कस्ले चिन्दछ कर्णालि
********-******************
हाम्रा किताब ले,
कर्णालि चिन्दैन |
हाम्रा पाठयक्रम ले,
कर्णालि भन्दा बाहिर को परिकल्पना गर्छ ।
देश भन्दा बाहिर को सपना देखाउछ ।
हाम्रा मार्ग दर्शक गुरु हरु
सामाजिक तत्वहरुको चेपुवा मा परेका छन
अनि उनिहरु ले युरोप अमेरिका को
बिधि र उदारहणलाइ
कर्णालिका सपना सग जोडेर पढाउन सक्दैनन
केबल अमेरिका र युरोप कै सपना पढाइदिन्छन
देखाउने र देख्ने ले उतै औला तेर्साए पछि
के कर्णाली बन्छ त!
के कर्णालि को सपना साकार हुन्छ त?
त्यसैले
कसैले नचिनेको र चिनाउन नसकेको
यो कर्णालि लाइ
यि कलम चलाउने र शब्द गन्नेहरु ले
अब चिनाउनु पर्छ र सपना देखाउनु पर्छ ।
2080-10-25
2:27pm
-Upendra
Wednesday, December 13, 2023
सुचना प्रबिधि मा डिजिटल डिभाइड किन बढिरहेको छ ?
यो डिजिटल डिभाइड भनेको के हो ?
डिजीटल डिभाइडले वर्गीय विभेद भन्दा पनि ठुलो विभेद सिर्जना गर्दै छ ।
सुचना संचार र प्रविधिको विकास संसार भरी भए झै नेपालमा पनि विकास हुदै गईरहेको अवस्थामा जुन रुपमा विकासको गति हुने पर्ने हो । त्यो गति हुन नसको जसको कारण संसारकै देशहरुको विचमा नेपाल को स्थान १६७ औं स्थानमा रहेको छ । तर दक्षिण एशियाको तुलनामा बङ्गलादेश भन्दा अगाडि भारत भन्दा पछाडि रहेको छ । अब हिजोको भन्दा थोरै बढि योजना बनाएर लान सक्ने हो भने नेपालले सुचना संचार तथा प्रविधीको विकासमा धेरै प्रगति गर्न सक्ने बिशषेज्ञहरुको धारणा छ । नेपाली समाज र केहि साक्षर मानिसहरुको आम बुझाई सुचना संचार र प्रविधिको विकास सिर्फ कम्प्युटर शिक्षा मात्र हो भन्ने आम धारण छ । नेपालको सुचना संचार तथा प्रविधीको विकासको लागि बनेका केहि उल्लेखनिय प्रगतिहरु पनि छन । ति प्रगतिको जानकारी सबै नागरिकमा हुनु पर्ने र सुचना संचार तथा प्रविधिमा भविष्य देखेर यस क्षेत्रको विकासमा क्रियाशिल व्यक्तिहरुको प्रेरणाले चाडै एउटा उल्लेखनिय प्रगति गर्ने छ ।
आम जनताको जीवन स्तर र देशको आर्थिक विकास बृद्धि गर्न नेपालमा सुचना संचार तथा प्रविधीको विकास हुन आवश्क छ । अधिकाश मानिसले साक्षरता भनेको सामान्य लेखपढ, अंक चिन्ने मात्र भन्ने बुझाइ छ तर यो मात्र बुझाई ले साक्षरताको अर्थ अपुरो हुन जान्छ त्यसैले साक्षरता भनेको लेखपढ, अंक चिन्न सक्नुको साथै डिजिटल प्रविधिको प्रयोग गरी दैनिक जिवनमा सहज बनाउनु नै साक्षरता हो । साक्षरताले साक्षर जनशक्तिको निर्माण गर्नु हो । त्यसैले आजको स्थितीलाई हेर्दा निरक्षरताले देश विकासमा असहयोग गरेको भन्दा पनि साक्षरता भएका जनशक्ति भित्र देखिएको डिजिटल डिभाइडले ल्याएको अन्तरको कारणले गर्दा हो । जस्तै उदारहणको रुपमा भन्नु पर्दा केहि दशक अगाडि मास्टर डिग्री गरेका शिक्षित वर्गहरु आज ई–मेल इन्टरनेट प्रयोग गर्न नजानेको र सानो कक्षाको भाइ बहिनीहरुले सजिलै ई–मेल इन्टरनेट प्रयोग गर्न जानेको अवश्थामा जुन साक्षर व्यक्ति व्यक्ति विचको अन्तर झन झन बढ्दै जानु ले केही वर्षमै एउटा ठुलो विभेद सिर्जना गर्ने निश्चित छ । मानव समुदाय भित्र जसरी आर्थिक, राजनैतिक , सास्कृतीक र वर्गीय विभिदको चर्चा गरेको हामी देख्छौ । अब केहि वर्ष भित्र नेपालले सुचना संचार तथा प्रविधीको विकास गर्न तर्फ जोड गरेन भने विश्वको विकसित देशहरु र नेपाल विच यस्तो भयाभय विभेद श्रृजना हुनेछ जुन नेपाल र नेपालीहरुको दुरदशा सुरु हुने छ । त्यसैले आज अन्र्तराष्ट्रिय जगतमा श्रृजना हुन लागेको डिजिटल डिभाइड कम गर्न सबै सुचना संचार तथा प्रविधीमा सक्रिय तथा निष्क्रय रुपमा संलग्न हुनु हुने व्यक्ति, संस्था, समुदाय, राष्ट्र र नीति निर्माण कर्ता आदि को महत्वपुर्ण भूमिका रहोस । भनिन्छ, आफुले जानेको प्रविधिको ज्ञान जति बाढ्यो उति आफ्नो महत्व बढ्छ । त्यसैले प्रविधी नजानेकोले जान्न कोशिस गरौ, जानेकाले नजान्नेलाई सिकाउ, सिकेकाले झन अपडेट भएर अन्र्तराष्ट्रय सुचनालाई सिक्ने कोशिस गरौ । अलि दुखको कुरो सुर्खेत जस्तो राजनैतिक स्वतन्त्रताले अग्रगति लिएको ठाउमा आज सुचना संचार तथा प्रविधीको विकासको लागि सुचना संचार तथा प्रविधी अध्ययन, अध्याापन गरेका व्यक्तिहरु संगठित नहुनु अलि दुर्भाग्य नै भन्नु पर्दछ तर अब संगठित भएर देश विदेशका लागि सुचना संचार तथा प्रविधीका दक्ष जनसक्ति उत्पादन गर्न र देखिएको डिजीटल डिभाइडलाई कम गर्न आजको आवश्यकता छ । डिजीटल डिभाइड कम गर्नाले के फाइदा हुन्छ भनेर भन्नुपर्दा एउटा शिक्षकलाई कसरी शिक्षण गर्दा सुचना संचार तथा प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ भने डाक्टरले कसरी प्राथामिक उपचारको लागि वेबसाइटहरुको नाम दिएर त्यहा भएको जानकारी लिन जनतालाई सुचित गर्न सक्छ, व्यापारीले आफ्नो व्यापारको जानकारी वेबसाइट बनाएर राख्न सक्छ र एउटा आम मानिसलाई त झन आवश्यक छ जस्तो कि बैंक स्टेटमेन्टको लागि ई–बैंकिङ् , मोबाइल ब्यालेन्स रिचार्जको लागि टपअप, अनलाइन रिचार्ज, अनलाइन सपिङ, र अन्य क्षेत्रहरु बस, हवाई , मुभि र होटेल आदिको बुकिङ समेत घरमै बसेर अनलाइन मार्फत लिन सकिने हुन्छ । त्यसैले आजको आवश्यकता साक्षर व्यक्तिहरुलाई सुचना संचार तथा प्रविधिको जानकारी हुन आवश्यक देखिन्छ ।
सुचना संचार तथा प्रविधिलाई हामि दुइ तवरले लिन सक्छौ जस्तो सुचना संचार तथा प्रविधिको अध्ययन गरी यसैबाट हुने विभिन्न क्षेत्रहरु जस्तै वेबसाइट, एप्सहरु, डेस्कटप एपलिकेशन प्रोग्राम, गेमहरु, भिडियो अडियो र हार्डवयरमा आधारीत प्रविधीको निमार्ण गर्ने एउटा पाटो हो भने अर्काे पाटो भनेको डेभलोपर, प्रोग्रामर, डिजाइनर, इन्जिनीयर आदिले निमार्ण गरेको प्रविधिलाइ प्रयोग गर्न जान्ने वा चलाउन सक्ने हुनु हो ।त्यसैले हामिले जान्नै पर्ने कुरो सुचना संचार तथा प्रविधीको ज्ञान एउटा असल शिक्षक, असल डाक्टर,व्यापारी, कर्मचारी, विद्यार्थी, नेता, प्रहरी, सेना र आम नागरिकलाई छ । त्यसैले यो सुचना संचार तथा प्रविधीको विकासमा सम्पुर्ण पक्षको ध्यान जान जरुरी देखिन्छ ।
Wednesday, March 22, 2023
राजनीति : लेखहरु
बिश्लेशानात्मक लेख : बर्तमान राज्यब्यबस्था
Time:12:00 AM Date:2080/08/05 by Upendra
जिन्दगिका आधा वर्षहरु पुरा हुदै गर्दा मलाइ मेरो देश को राज्यब्यबस्था माथि निकै त्रुटी रहेका छन् |र धेरै सुधारका पक्षहरु पनि अधुरा रहेको देख्न पुगे | समग्र यस ब्यबस्थामा भएका त्रुटीले निकट भबिष्यमा धेरै ठुला असरहरु देखा पर्ने छन् | हुन् त नेपालिले अशिक्षा र गरिब जिबनमा आफ्ना पुस्ताहरु आएको भोगेको अनुभव छ | यसरि आएका नेपालिहरुले कहिल्यै पनि सुख भोगको लागि आतुर हुन् खोज्ने छैनन् | नजन्मु थियो जन्मिहाल्यौ , अब जन्मे पछी पुर्खा धान्न बिहेबारी गरि सन्तान जन्माउनै पर्यो | अनि जेनेतेने गरि नमर्दा सम्म बाच्नु पर्यो | यदि मरिहाले जिन्दगि नै सकियो नत्र दुइ छाक जोह गरि काम गर्यो खायो सुत्यो र उठ्यो जस्ता क्रियाकलाप मा जिबन चलाइरहेका छौ |यस्तै भन्दै अधिकांश नेपालि को जिबन सकिएको पत्तै हुदैन | किन जनेमको ?
किन हुर्केको ?
किन मर्ने ?
म को हु ?
मैले किन गर्नु परेको होला?
मैले मात्र गर्नु पर्ने किन ?
यस्ता प्रश्नहरु सधै खोजि गरिनु पर्छ | एक अर्थ मा नेपालिको जिन्दगि धेरै साधारण र सरल छ | तर यस्तै जिन्दगि पुस्ताहरु ले बेतित गर्दा विश्व मानव सूचांकमा हाम्रो स्तर सबै भन्दा कम्जोर छ |
अबको समय बिज्ञान र युग सापेक्ष शिक्षा र सिपको बिकासले समाजमा आफ्नो अस्तित्व बचाउन सकिने र आवश्यकता पनि हो | नेपालको शिक्षा र सिप बिकासमा राज्यको मात्र ध्यान पुगेको त्यति देखिदैन | यस्तो अवस्थामा देश भित्रका प्रत्येक नागरिक हरु ले आफ्नो हातमा सिप र दिमाग मा प्रबिधि को ग्यान बोकेर हिड्नु पर्ने हुन्छ | नेपाल जस्तो बिकासन्मुख देशका प्रत्येक नागरिक ले आफ्नो जिबन यापन गरि शान्ति र बिकास भएका देश मा दक्ष कामदार भएर काम गर्न सक्ने जनशक्ति मात्र निर्माण गर्न सकियो भने पनि देश को अर्थ तन्त्र बलियो हुनेछ | बैदेशिक लगानी भित्राउने बातावरण सिर्जना गर्न नसकको बेला दक्ष जनसक्ति उत्पादन गर्नु आज को अपरिहार्य रहेको छ | कामदार लाइ दक्ष बनाइ शान्ति र बिकसित देश मा बैदेशिक रोजगार मा पठाउन सक्यो भने रेमिटान्स भित्रिन्छ | नेपाल भित्र उत्पादन गरेर विश्व बजारमा लैजान सक्ने कुनै योजना र नीति नभएको ले देश को अर्थतन्त्र बिग्रिरहेको छ | हालसालै भैरहेका भ्रस्त्रचार हरु लाइ कडा भन्दा कडा कारबाही गर्न सकिएन भने देश टाट पल्टिने अवस्थामा छ | यस्तो हालत मा पुर्याउनु मा जनता देखि नेता घुशिया हुनु प्रमुख कारण हो |
गणतन्त्र को भद्दा मजाक नेपाल मा प्रयोग भैरहेको छ | शासन ब्यबस्थामा कानुन को राज चलेन र व्यक्ति को शासन चल्यो भने कानुन को उपहास र मजाक बनेको हुन्छ | नेपाल को शासन मा बसेका व्यक्ति हरु ले सधै कानुन लाइ मजाक बनाइरहेका छन् | हाम्रो घर भित्र को संचालन बिधि देखि लिएर देश को साशक हरु को शैली उस्तै छ | घर जस्तो शैली मा देश चलाउन खोजेको देखिरहेका छौ |
हामि कानुन जान्दैनौ
हामि कानुन मान्दैनौ
मेरो शक्ति को घेरा भित्र
देश को कानुन हुनु पर्छ
मेरो परिवार को इच्छा भित्र
देशका स्रोत सामग्री प्रयोग हुनु पर्छ
जस्तो तानाशाही, शोषकको प्रवृतिको शासक देश मा जन्मिरहेको आभास हुन्छ | ब्यबस्था बदले पनि शाशक मा देश बनाउने र सुखी जनता बनाउने सोच नभए सम्म जस्तो सुकै कानुन बनाए पनि देश बदलिने रहेनछ भन्ने कुरा यो १०० बर्षको अवश्थाले प्रस्ट देखाउछ | नेपालि प्रायोगशाला राखिको भ्यागुता जस्ता भए जो आए पनि चिरेर अध्ययन सकेर जान्छन | त्यस्तै नेपालमा जस्तो ब्यबस्था र नेता आए पनि नेपालि लाइ दोहन् गर्ने मात्र आएका छन |
Wednesday, April 18, 2012
Personal Information
Name :- Upendra Malla
Address :- Birendranagar-,Surkhet
Phone no. :- 9858077977
Email :- mallaupendra@gmail.com
We are here! Gist Technology Pvt.Ltd.
RECENTLY
-
महत्वपुर्ण सत्य र तथ्य को दर्पण गराउने लेख, रचना र बिश्लेषण || बिश्लेशानात्मक लेख : बर्तमान राज्यब्यबस्था Time:12:00 AM Date:2080/0...
-
महत्वपुर्ण सत्य र तथ्य को दर्पण गराउने लेख, रचना र बिश्लेषण || यो डिजिटल डिभाइड भनेको के हो ? डिजीटल डिभाइडले वर्गीय विभेद भन्दा पनि ठु...
-
Name :- Upendra Malla Address :- Birendranagar-,Surkhet Phone no. :- 9858077977 Email :- mallaupendra@gmail.com
-
शिक्षक शिक्षक अर्थात गुरु शब्द आफै मा कति पवित्र छ |कति आदर योग्य शब्द छ| गुरु हाम्रो जिबन को त्रेस्रो भगवान का रुप मा चिन्दछौ | गुरु जस...
-
शिर्षक :- कस्ले चिन्दछ कर्णालि ********-****************** हाम्रा किताब ले, कर्णालि चिन्दैन | हाम्रा पाठयक्रम ले, कर्णालि भन्दा बाहिर ...