यो डिजिटल डिभाइड भनेको के हो ?
डिजीटल डिभाइडले वर्गीय विभेद भन्दा पनि ठुलो विभेद सिर्जना गर्दै छ ।
सुचना संचार र प्रविधिको विकास संसार भरी भए झै नेपालमा पनि विकास हुदै गईरहेको अवस्थामा जुन रुपमा विकासको गति हुने पर्ने हो । त्यो गति हुन नसको जसको कारण संसारकै देशहरुको विचमा नेपाल को स्थान १६७ औं स्थानमा रहेको छ । तर दक्षिण एशियाको तुलनामा बङ्गलादेश भन्दा अगाडि भारत भन्दा पछाडि रहेको छ । अब हिजोको भन्दा थोरै बढि योजना बनाएर लान सक्ने हो भने नेपालले सुचना संचार तथा प्रविधीको विकासमा धेरै प्रगति गर्न सक्ने बिशषेज्ञहरुको धारणा छ । नेपाली समाज र केहि साक्षर मानिसहरुको आम बुझाई सुचना संचार र प्रविधिको विकास सिर्फ कम्प्युटर शिक्षा मात्र हो भन्ने आम धारण छ । नेपालको सुचना संचार तथा प्रविधीको विकासको लागि बनेका केहि उल्लेखनिय प्रगतिहरु पनि छन । ति प्रगतिको जानकारी सबै नागरिकमा हुनु पर्ने र सुचना संचार तथा प्रविधिमा भविष्य देखेर यस क्षेत्रको विकासमा क्रियाशिल व्यक्तिहरुको प्रेरणाले चाडै एउटा उल्लेखनिय प्रगति गर्ने छ ।
आम जनताको जीवन स्तर र देशको आर्थिक विकास बृद्धि गर्न नेपालमा सुचना संचार तथा प्रविधीको विकास हुन आवश्क छ । अधिकाश मानिसले साक्षरता भनेको सामान्य लेखपढ, अंक चिन्ने मात्र भन्ने बुझाइ छ तर यो मात्र बुझाई ले साक्षरताको अर्थ अपुरो हुन जान्छ त्यसैले साक्षरता भनेको लेखपढ, अंक चिन्न सक्नुको साथै डिजिटल प्रविधिको प्रयोग गरी दैनिक जिवनमा सहज बनाउनु नै साक्षरता हो । साक्षरताले साक्षर जनशक्तिको निर्माण गर्नु हो । त्यसैले आजको स्थितीलाई हेर्दा निरक्षरताले देश विकासमा असहयोग गरेको भन्दा पनि साक्षरता भएका जनशक्ति भित्र देखिएको डिजिटल डिभाइडले ल्याएको अन्तरको कारणले गर्दा हो । जस्तै उदारहणको रुपमा भन्नु पर्दा केहि दशक अगाडि मास्टर डिग्री गरेका शिक्षित वर्गहरु आज ई–मेल इन्टरनेट प्रयोग गर्न नजानेको र सानो कक्षाको भाइ बहिनीहरुले सजिलै ई–मेल इन्टरनेट प्रयोग गर्न जानेको अवश्थामा जुन साक्षर व्यक्ति व्यक्ति विचको अन्तर झन झन बढ्दै जानु ले केही वर्षमै एउटा ठुलो विभेद सिर्जना गर्ने निश्चित छ । मानव समुदाय भित्र जसरी आर्थिक, राजनैतिक , सास्कृतीक र वर्गीय विभिदको चर्चा गरेको हामी देख्छौ । अब केहि वर्ष भित्र नेपालले सुचना संचार तथा प्रविधीको विकास गर्न तर्फ जोड गरेन भने विश्वको विकसित देशहरु र नेपाल विच यस्तो भयाभय विभेद श्रृजना हुनेछ जुन नेपाल र नेपालीहरुको दुरदशा सुरु हुने छ । त्यसैले आज अन्र्तराष्ट्रिय जगतमा श्रृजना हुन लागेको डिजिटल डिभाइड कम गर्न सबै सुचना संचार तथा प्रविधीमा सक्रिय तथा निष्क्रय रुपमा संलग्न हुनु हुने व्यक्ति, संस्था, समुदाय, राष्ट्र र नीति निर्माण कर्ता आदि को महत्वपुर्ण भूमिका रहोस । भनिन्छ, आफुले जानेको प्रविधिको ज्ञान जति बाढ्यो उति आफ्नो महत्व बढ्छ । त्यसैले प्रविधी नजानेकोले जान्न कोशिस गरौ, जानेकाले नजान्नेलाई सिकाउ, सिकेकाले झन अपडेट भएर अन्र्तराष्ट्रय सुचनालाई सिक्ने कोशिस गरौ । अलि दुखको कुरो सुर्खेत जस्तो राजनैतिक स्वतन्त्रताले अग्रगति लिएको ठाउमा आज सुचना संचार तथा प्रविधीको विकासको लागि सुचना संचार तथा प्रविधी अध्ययन, अध्याापन गरेका व्यक्तिहरु संगठित नहुनु अलि दुर्भाग्य नै भन्नु पर्दछ तर अब संगठित भएर देश विदेशका लागि सुचना संचार तथा प्रविधीका दक्ष जनसक्ति उत्पादन गर्न र देखिएको डिजीटल डिभाइडलाई कम गर्न आजको आवश्यकता छ । डिजीटल डिभाइड कम गर्नाले के फाइदा हुन्छ भनेर भन्नुपर्दा एउटा शिक्षकलाई कसरी शिक्षण गर्दा सुचना संचार तथा प्रविधिको प्रयोग गर्न सकिन्छ भन्ने हुन्छ भने डाक्टरले कसरी प्राथामिक उपचारको लागि वेबसाइटहरुको नाम दिएर त्यहा भएको जानकारी लिन जनतालाई सुचित गर्न सक्छ, व्यापारीले आफ्नो व्यापारको जानकारी वेबसाइट बनाएर राख्न सक्छ र एउटा आम मानिसलाई त झन आवश्यक छ जस्तो कि बैंक स्टेटमेन्टको लागि ई–बैंकिङ् , मोबाइल ब्यालेन्स रिचार्जको लागि टपअप, अनलाइन रिचार्ज, अनलाइन सपिङ, र अन्य क्षेत्रहरु बस, हवाई , मुभि र होटेल आदिको बुकिङ समेत घरमै बसेर अनलाइन मार्फत लिन सकिने हुन्छ । त्यसैले आजको आवश्यकता साक्षर व्यक्तिहरुलाई सुचना संचार तथा प्रविधिको जानकारी हुन आवश्यक देखिन्छ ।
सुचना संचार तथा प्रविधिलाई हामि दुइ तवरले लिन सक्छौ जस्तो सुचना संचार तथा प्रविधिको अध्ययन गरी यसैबाट हुने विभिन्न क्षेत्रहरु जस्तै वेबसाइट, एप्सहरु, डेस्कटप एपलिकेशन प्रोग्राम, गेमहरु, भिडियो अडियो र हार्डवयरमा आधारीत प्रविधीको निमार्ण गर्ने एउटा पाटो हो भने अर्काे पाटो भनेको डेभलोपर, प्रोग्रामर, डिजाइनर, इन्जिनीयर आदिले निमार्ण गरेको प्रविधिलाइ प्रयोग गर्न जान्ने वा चलाउन सक्ने हुनु हो ।त्यसैले हामिले जान्नै पर्ने कुरो सुचना संचार तथा प्रविधीको ज्ञान एउटा असल शिक्षक, असल डाक्टर,व्यापारी, कर्मचारी, विद्यार्थी, नेता, प्रहरी, सेना र आम नागरिकलाई छ । त्यसैले यो सुचना संचार तथा प्रविधीको विकासमा सम्पुर्ण पक्षको ध्यान जान जरुरी देखिन्छ ।